आज:  | Sun, 05, Jan, 2025

कांग्रेसका उम्मेदवार राष्ट्रपतिमा भारीमतका साथ विजयी हुनेछन् ः नेपाली काँग्रेसको दावी

१३ फाल्गुन २०७९, शनिबार १९:२७ मा प्रकाशित ( १ साल अघि) ४४३ पटक पढिएको
नारी बाटिका


कांग्रेसका उम्मेदवार राष्ट्रपतिमा भारीुमतका साथ विजयी हुनेछन् ः नेपाली काँग्रेसको दावी

 

काठमाण्डौ,२०७९ फागुन १३ शनिवार

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा भारीमतका साथ विजयी हुनेछन् ः नेपाली काँग्रेसले दावी गरेको छ । राष्ट्रपति निर्वाचनका लागि शुक्रबार १२ फागुन मा बनेको आठ दलीय गठबन्धनको सम्झौता भई निर्णय गरे सँगै राष्ट्रपतिमा नेपाली कांग्रेसले खडा गरेको उम्मेदवार साधकी नेता रामचन्द्र पौडेललाई भारी मतका साथ विजयी हुने देखिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपरान्ह बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको सयुक्त बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो।

१० पुसमा भएको समझदारी अनुसार राष्ट्रपति आफ्नै पार्टीबाट हुनुपर्नेमा एमालेले अडान नछाडेपछि माओवादी केन्द्रले कांग्रेसलाई सघाउने निर्णय गरेको हो। कांग्रेस,माओवादी सहित भारी मतभार रहेका दलहरुको गठबन्धन बनेपछि यस गठबन्धनका उम्मेदवार ३१ हजार भन्दा बढी मतभारका साथ राष्ट्रपतिमा वहुमतले विजयी हुने सम्भावना बडेको हो ।

संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता हुने संविधानिक ब्यवस्था रहेको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मतभार १६ हजार २ सय २१,माओवादी केन्द्रको ७ हजार ७ सय ७६ छ।

यसैगरी एकीकृत समाजवादीको २ हजार ६ सय ७३, जसपाको २ हजार १ सय ४५, जनमत पार्टीको १ हजार २ सय ४२, लोसपाको ९ सय ७१, नागरिक उन्मुक्तिको ८ सय ४ र राष्ट्रिय जनमोर्चाको २ सय २३ मतभार रहेकोले सबै जोड्दा ३१ हजार ६७ हुने भएकोले आठ दलिय गठवन्धन्का कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा भारी मतका साथ विजयी हुन सक्ने देखिएको हो।

नारी वाटिका संवाददाता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस