आज:  | Wed, 25, Dec, 2024

फागुन १४ सम्म देशभरका कलाकार धादिङवेशीमा ।

१२ फाल्गुन २०७९, शुक्रबार २०:२५ मा प्रकाशित ( १ साल अघि) ९५८ पटक पढिएको
नारी बाटिका



फागुन १४ सम्म देशभरका कलाकार धादिङवेशीमा ।

फागुन १२ धादिङ
नारी वाटिका संवाददाता

यतिवेला देशभरका लोक तथा दोहोरी गितका कलाकारका चर्चित अनुहारहरु धादिङवेशीमा भेला भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गितका कलाकारहरुको बाक्लो उपस्थितिले धादिङवेशी बजार कलाकारको घुँईचो लागेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको १२ औं केन्द्रिय महाधिवेशनको लागि यतिवेला देशभरबाट १ हजार प्रतिनिधिहरु धादिङवेशीमा आईपुगेका छन् ।

नेपालका लोकदोहोरीको फाँटमा देखिएका अहिलेका चर्चित लोक दोहोरी अनुहारु मध्यका गायक प्रकाश सपुत, रामजी खाँड, पशुपती शर्मा, राधिका हमाल,रामजी खाँड लगायतका गायक गायिका तथा सर्जकहरु धादिङवेशीमा भेला भएका छन् ।

हुन त राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको १२ औं केन्द्रिय महाधिवेशन सम्पन्न हुन गैरहेको अवस्थामा कार्यक्रमको ब्यवस्थापन,आयोजकको भुमिका भद्रगोल र अव्यवस्थित देखिन्छ ।

यति ठुलो कार्यक्रमको आयोजना हुदै गर्दा केन्द्रको कमजोरी हो या धादिङ जिल्ला शाखाको वेवास्ताका् कारण हो ? कार्यक्रमको प्रचार प्रशार लगायतका विषयमा धादिङ का कार्यसमितीले सन्चार माध्यम लगायत कतै जानकारी गराएको,समन्वय गरेको देखिदैन ।

जिल्लामा देशका गहनाको रुपमा मानिने चर्चित कलाकारको सहभागी रहने जस्तो महत्वपुर्ण कार्यक्रमको ब्यवस्थापन गर्नमा आयोजक जिल्लाको हिसावले निकै चुकेको देखिन्छ । यति हुदाहुदै पनि ख्याती प्राप्त कलाकारहरु एकैसाथ धादिङवेशीमा देख्दा स्थानिय लोक संस्कृत तथा संगीतप्रेमी तथा स्थानिय वासीहरु भने निकै हर्षित देखिएका छन् ।

१२ औं केन्द्रिय महाधिवेशनको आज शुक्रबार उद्घाटन भएको छ । उद्घाटन पूर्व धादिङवेशीको पुछार बजारदेखी बजागाजा सहित ¥याली निकालिएको थियो । महाधिवेशनको आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नु भएको हो ।

आज उद्घाटन भएको महाधिवेशनको भोलीबा बन्द सत्र र पर्सी नर्या कार्य समिति चयन हुने नेपाल राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्ण चन्द्र शमाले जानकारी दिनु भएको ।

नेपालका धेरै जिल्लाहरु मध्य धादिङ जिल्ला पनि कला र संस्कृतिको उर्वर भूमि हो । पुर्वी र पश्चिमी दुबै क्षेत्रका कला संस्कृतिलाई समेटेर यस पटक केन्द्रिय महाधिवेशन धादिङ जिल्लामा गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताउनु हुनछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस