आज:  | Tue, 26, Nov, 2024

राष्ट्रपति भण्डारीद्वारा संघीय सांसदको सम्मानका लागी रात्रीभोज आयोजना।

२८ माघ २०७९, शनिबार २०:१४ मा प्रकाशित ( १ साल अघि) ४२८ पाठक संख्या
नारी बाटिका


राष्ट्रपति भण्डारीद्वारा संघीय सांसदको सम्मानका लागी रात्रीभोज आयोजना ।

काठमाडौँ माघ २८ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संघीय सांसदको सम्मानका लागी रात्रीभोज आज रात्रीभोजको आयोजना गर्नु भएको छ । आम निर्वाचन २०७९ मंसिर ४ बाट निर्वाचित प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूको सम्मानका लागी राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रीभोजको आयोजना गर्नु भएको हो ।

रात्रीभोज अघि राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा देशका विभिन्न क्षेत्रका संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतिहरू गरिएको थियो । सशस्त्र प्रहरी बल नेपालका कलाकारहरूले हिमाल, पहाड र तराईका विभिन्न क्षेत्रका कलात्मक सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए ।

राष्ट्रपति भण्डारीले आयोजना गर्नु भएको कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, का।मु। प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना उपस्थित हुनु हुन्थ्यो ।

यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरू, संघीय संसद्को दुवै सदनका सांसदहरूका साथै सुरक्षा निकायका प्रमुखहरू र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस