आज:  | Sun, 22, Dec, 2024

सर्वोच्च बारको मतदान कार्य सम्वन्न र गणना जारी ।

२३ पुष २०७९, शनिबार २०:१६ मा प्रकाशित ( १ साल अघि) ३२० पटक पढिएको
नारी बाटिका


काठमाडौं पुस २३
नयाँ कार्यसमिति चयनका लागि सर्वोच्च बार एशोसिएशनको ३४औँ अधिवेशनमा मतदान कार्य सम्पन्न भई मतगणना सुरु भएको छ।
प्रमुख निर्वाचन अधिकृत मुकुन्द प्रसाद पौडेलले मतगणना सुरु भएको जानकारी दिएका छन् ।
नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो। निर्वाचनमा दुईवटा समूहका प्यानल सहित उम्मेद्धारी दर्ता गरेका थिए ।
निर्वाचनमा सहभागी लोकतान्त्रिक समूह र प्रगतिशील, पेसागत गणतान्त्रिक समूह चुनावी प्रतिस्पर्धामा छन्। लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
तेसैगरी उपाध्यक्षमा लोकतान्त्रिक समुहबाट जगदीश प्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्लेले उम्मेदवारी दिएका छन्। सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा हुनुहुन्छ ।
सह ले सचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सजिता शाक्यले उम्मेदवार हिएकाछन्। कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेलले उम्मेदवारी दिएका छन्।
महिला सदस्यमा एक सिटका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेलले उम्मेद्ध्वारी दिएका छन्।
सदस्य पदका लागी लोकतान्त्रिक समूहबाट इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, उत्तमराज पाठक, भीम प्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी र बद्रीराज भट्ट रहेका छन् भने प्रगतिशीलबाट विवेककुमार पौडेल, प्रभुजी पन्त, विनोद कुमार श्रेष्ठ, बीरेन्द्र महर्जन, प्रभाकर श्रेष्ठ, अनुपराज उप्रेती र रमेश राज शर्मा सिग्देल चुनावी मैदानमा रहेकाछन्।
पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारी चयनका लागि भएको निर्वाचनबाट चुनि आएकाहरुको कार्यकाल दुई वर्ष हुनेछ। सर्वोच्च बारमा छ सय २१ मतदाता भएकोमा पाँच सय ७३ मत खसेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस