आज:  | Fri, 22, Nov, 2024

प्रधान्मन्त्रिले लिए पद तथा गोपनियताको शपथ, ग्रहण पछि, पदभार ग्रहण । लामिछानेले रोजे गृह मन्त्रालय ।

११ पुष २०७९, सोमबार १९:१६ मा प्रकाशित ( १ साल अघि) ४५७ पाठक संख्या
नारी बाटिका



काठमाडौँ — पौष ११
निर्धारित समय अनुसार सोमवार राष्ट्रपती विध्यादेवी भण्डारीद्धारा नव नियुक्त प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड),गृह मन्त्रि रवी लामिछाने,अर्थ मन्त्रि विष्णु पौडेल लगायत आठ मन्त्रिले देश र जनताको नाउमा शपथ खाएका छन् । शपथग्रहण पछि सिंहदरबार स्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै,रवी लामिछाने भन्नु हुन्छ सरकारमा रहेर काम गर्न चाहेको र सोही अनुसार आफुले गृह मन्त्रालय रोजेको बताउनु भएको छ । विगतमा यस मन्त्रालयको बारेमा धेरै जनगुनासो आउने गरेकाले पनि जनताको गुनासो संम्वोधन गर्नको लागी आफूले यही मन्त्रालयमा काम गर्न चाहेको बताउनु भएको हो । नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले थप्दै भन्नु हुन्छ ,गृह मन्त्रालयमा रहेर धेरै काम गर्नुपर्ने छ किनकी विगतमा यस मन्त्रालयको निर्र्देशनमा देशभरका सुरक्षा संमेन्त्रले जती जनतामा सुरक्षाको प्रत्याभुती दिलाउनु पर्ने हो . त्थो कुनै न कुनै रुपमा कमजोरीको महशुस जनमासमा परिरहेको छ त्यसलाई आफुले मन बचन कर्मले गर्ने छु ,  । अर्को कुरा देशकै राष्ट्रिय मुद्धाको सवाल रहेको निर्मला पन्तको बलात्कार पछीको हत्या प्रकरण छ त्यसको म राम्रो संग केलाउने छु भन्नु भएको छ ।
नवगठित मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले दिएको जानकारी अनुसार सोमबार साँझ साढे ६ बजे नव गठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा बस्ने भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस