आज:  | Sun, 20, Apr, 2025

लैंगिक हिंसा नियन्त्रण जिल्ला संजालको पुनर्र गठन बैठक सम्पन्न ।

१८ मंसिर २०७९, आईतवार २०:३१ मा प्रकाशित ( २ साल अघि) २७७८ पटक पढिएको
नारी बाटिका



धादिङ २०७९ मंसिर १८

जिल्ला प्रहरी कार्यलय धादिङ लैंगिक हिंसा नियन्त्रण जिल्ला संजालको पुनर्र गठन बैठक सम्पन्न छ।
नेपाल प्रहरीको सक्रियतामा स्थापति लैंगिक हिंसा नियन्त्रण जिल्ला संजालको आज एक बैठक बसी समितीलाई पुनर्र गठन गरिएको छ । यतिवेला धादिङ सहित देशैभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विषेश सचेतनामुलक कार्यक्रम भईरहेको छ । यसै सन्धर्वमा विगत वर्षहरु देखी नै नागरिक समाजबिच हातमालो गरी समाजमा हुने लैंगिक हिंसा बिरुद्धका गतिविधी अन्त्य गर्नका लागी काम गरिरहेको जिल्ला प्रहरी कार्यलय धादिङ लैंगिक हिंसा नियन्त्रण संजाल समितिको आयोजनामा बैकठ सम्पन्न भएको हो ।
। समितिका सल्लाहकार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद लम्सालको कार्यकक्षमा बसेको उक्त बैठकले धादिडको १३ वटै पालिका र वडा स्तरिय स्थानिय संन्जाल गठन गरी स्थानिय स्तरमा हुने लैंगिक हिंसा बिरुद्धका घटनाहरु न्युनिकरणका लागी सचेतनामुलक कार्यक्रम संन्चालन गर्ने निर्णय गरेको छ ।
प्रत्येक वर्ष नोवेम्वर २५देखी डिसेम्वर १० सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाईने लैंगिक हिंसा विरुद्धको अभियानलाई १६ दिने दिवशिय रुपमा मनाईने गरिन्छ । जस अनुसार धादिङ जिल्लामा पनि सरकारी तथा गैह्र सरकारी संघ सस्थाहरु द्धारा विभिन्न कार्यक्रम गरी मनाउने क्रम जारी छ ।
हरेक वर्ष मंसिर महिना अर्थात नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म १६ दिने दिवसको रुपमा मनाईने लैंगिक हिंसा विरुद्धको अभियिान यस वर्षमा पनि राष्ट्रिय र अन्तर्रराष्ट्रिय रुपमा छुट्टा छुट्टै नारा लिई मनाउने क्रम जारी रहेको हुंदा यसै अभियानको सिलसिलामा जिल्ला प्रहरी प्रमुख राकेश सिङको अध्यक्षतामा बसेको उक्त बैठकले ंधादिङको विभिन्न पालिकामा सचेतनामुलक कार्यक्रम संन्चालन गर्नका लागी स्रोत व्यक्तिको रुपमा काम गर्ने दक्ष र अनुभवी प्रशिक्षकको लागी सुचना पनि जारी गर्ने निर्णय गरेको छ । बैठकमा धादिङमा क्रियाशिल गैह्रसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु,पत्राकार महाँसंघका अध्यक्ष,राजाराम शर्मा,गैरसरकारी महाँसंघका अध्यक्ष शालिग्राम दुवाडी,नारी जागरण केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेती, धादिङ उध्योग बाणिज्य संघका प्रतिनिधी,सुरक्षा निकायका प्रमुखहरु,सम्वन्धित सरकारी कार्यलयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस