आज:  | Sun, 02, Feb, 2025

धादिङ -२ को प्रदेश सभा २ मा राप्रपाका डम्बर तामाङ विजयी

८ मंसिर २०७९, बिहीबार ०८:५२ मा प्रकाशित ( २ साल अघि) १६०१ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङ प्रतिनिधि सभा क्षेत्र नं.-२ अन्तरगत प्रदेश सभा -२मा गठबन्धनका उम्मेद्वारलाई हराउदै राप्रपाका डम्वर तामाङ बिजयी हुनुभएको छ ।

तामाङले नेकपा माओवाद केन्द्रका नेता तथा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार जगत सिम्खडालाई १३१ मतान्तरले पछि पार्दै बिजयी हुनुभएको हो । तामाङलाई नेकपा एमालको समर्थन थियो ।

तामाङले १४ हजार ४८१ र सिम्खडाले १४ हजार ३५० मत पाउनुभएको छ । सोहि क्षेत्रमा मंगोल नेशनल अर्गनाईजेशनका उम्मेद्वार सन्तोष कुमार तामाङले भने ४२४, नेपाली काग्रेस बिपीका उम्मेद्वार सेतेमान घलले २८५,जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार इमान तामाङले २४३, नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार शिवराम किजुले ६५,मत प्रात गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस