आज:  | Sun, 20, Apr, 2025

बाजुरामा मतदानको क्रममा गोली लागेर एक जनाको ज्यान गयो

४ मंसिर २०७९, आईतवार १७:५८ मा प्रकाशित ( २ साल अघि) २५०९ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं –बाजुरामा मतदानको क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो ।

मतपेटिका खोस्न आएपछि झडप भएको उहाँको भनाइ छ । जिल्लाका केही मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस