आज:  | Wed, 05, Feb, 2025

भोलिदेखि चुनावी प्रचारप्रसार गर्न नपाइने

१ मंसिर २०७९, बिहीबार १०:२७ मा प्रकाशित ( २ साल अघि) २८५२ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – आज रातिदेखि स्थिर समय सुरु हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारले भोलिदेखि प्रचारप्रसार गर्न पाउने छैनन् ।
मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि चुनाव प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ ले निषेध गरेकाले त्यस्तो कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई सचेत गराएको छ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान केन्द्रबाट ३ सय मिटर वरिपरि कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, चुनावको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेरलगायत कार्यलाई पूर्ण रूपमा निषेध गरिएको बताउनुभयो ।
यस्तै, सामाजिक सञ्जाल, अनलाइन वा अन्य कुनै पनि छापाबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रसारण तथा सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने, कमेन्ट गर्नेलगायतका सबै कुराहरू निषेध गरिएको छ ।
निर्वाचन आयोगले आउँदो चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्नरनगराउन राजनीतिक दल, उम्मेदवार र नागरिकलाई सचेत गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस