आज:  | Wed, 05, Feb, 2025

अत्यधिक मात्रामा वृद्धि गरेको भन्दै धादिङका उद्यमी–व्यवसायीको विरोध र्याली

२३ कार्तिक २०७९, बुधबार २२:२४ मा प्रकाशित ( २ साल अघि) १५९२ पटक पढिएको
नारी बाटिका

धादिङ – बैंक तथा वित्तिय संस्थाहरुले अत्यधिक मात्रामा ब्याज वृद्धि गरेको भन्दै त्यसको विरोधमा धादिङका उद्यमी–व्यवसायीले आज धादिङबेशीमा विरोध प्रदर्शन गरेका छन् । धादिङमा क्रियाशिल व्यवसायिक संघ संस्थाहरुको सञ्जालले धादिङबेशीको पुछारबजारदेखि विरोध ¥याली निकाली सिरानबजार सम्म परिक्रमा गरिएको थियो ।

व्यवसायिहरुले धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई मार्फत् नेपाल राष्ट्र बैंकका गर्भनरलाई तत्काल ब्याजदर घटाउनु पर्ने माग सहितको ज्ञापनपत्र समेत बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले छिटै सम्बन्धीत निकायमा ध्यानाकषर्ण गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

विगत तीन वर्षदेखिको कोभिड–१९ को प्रभावबाट उम्किन नपाउँदै बैंक तथा वित्तीय संस्थाहरुले अत्याधिक चर्को व्याज दर कायम गरिनाले उद्योग व्यवसायी मारमा परेको व्यवसायीले बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले पुँजी तरलताको अभाव भन्दै कर्जा प्रवाहमा कडाइ गर्ने र अर्कोतर्फ ब्याजदर चर्को कायम गरिदिँदा उद्योग व्यवसाय धाराशयी बन्दै गएको उनीहरुको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस