आज:  | Sat, 19, Apr, 2025

नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ हुने

९ आश्विन २०७९, आईतवार ०९:२० मा प्रकाशित ( २ साल अघि) ११८० पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – नागरिकता विधेयक प्रमाणीकरण नभएको सम्बन्धमा परेको रिटको सुनुवाइआज हुने भएको छ । आजका लागि पेशी तोकिएको भएपनि समय भने निर्धारण भइसकेको छैन ।
यसअघि शुक्रवारका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि आजका लागि सुनुवाइसरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको १५ दिनको समयावधिमा नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै ५ वटा रिट दर्ता भएका छन् ।

अधिवक्ताहरू सागर बराल, डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गराएका थिए । बिहान साढे १० बजे सार्वजनिक गरिने पेशी सूचीमा नागरिकतासम्बन्धी विधेयक कसको इजलासमा परेको छ भन्ने थाहा हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस