आज:  | Sat, 19, Apr, 2025

नारी विकास बचत तथा ऋण सहकारी संस्था धादिङको १६ औं वार्षिक साधारण सभा सम्पन्न

२५ भाद्र २०७९, शनिबार २३:४२ मा प्रकाशित ( २ साल अघि) १८३९ पटक पढिएको
नारी बाटिका


धादिङ – नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज धादिङबेशीमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले सहकारी राजनितिक, आर्थिक, सामाजिक सबै क्षेत्रको निम्ति महत्वपूर्ण रहेको हुनाले यसलाई संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । कतिपय सहकारीहरुले कानुन विपरीत आर्थिक कारोबार गरिरहेको पाईएकोेले त्यस विषय प्रति ध्यान जान जरुरी रहेको बताउदै नियम कानुनमा आधारित रहेर आर्थिक कारोबार गर्न पनि आग्रह गर्नुभएको छ ।

त्यस्तै नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले सहकारी संस्थाले व्यवसाय गर्न चाहने महिलाहरुको निम्ति टेवा पर्याएको हुनाले यसलाई दिगो बनाएर लैजानुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले सहकारीबाट ऋण लिएर विभिन्न व्यवसायमा सफल भएका असल ऋणीहरुको प्रसंशा गर्नुभयो । संस्थाले हिंसामा प्रभावित महिलाहरुलाई आवासको व्यवस्था गरेर उदाहरणीय काम गरेको भन्दै शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा सहकारीका सचिव प्रमिला घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।संस्थाले सहकारीको आवासिय भवन निर्माण, समुहका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण, हिंसा प्रभावितको लागि काुननी परामर्श सहयोग निशुल्क प्रदान गरिरहेको, सहकारी प्रवद्र्धन र व्यवस्थापनमा सहयोग, सहकारीमा र समुहमा अनुगमन निरिक्षण लागएतका विभिन्न कामहरु सहकारीले सम्पन्न गरेको छ । सहकारीले आजै एईईमा उर्तिण भएका बाल बचतकर्ता, असल बचत कर्ता, असल ऋणी, नियमित बचत कर्ता लगाएतलाई सम्मान समेत गरिएको थियो ।

नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भगवती उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्य रहेको थियो भने नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, नीलकण्ठ नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस