आज:  | Sat, 23, Nov, 2024

धादिङका अधिकारीद्वयले फरक(फरक प्यानलबाट उम्मेदवारी दिने पक्का पक्की ।

४ श्रावण २०७९, बुधबार २०:११ मा प्रकाशित ( २ साल अघि) २८६ पाठक संख्या
नारी बाटिका


४ साउन २०७९ धादिङ,

नेपाली कांग्रेस नीकट नेपाल प्रेस युनियनको आसन्न ९औं महाधिवेशनमा धादिङ निलकण्ठ ७ तल्लोवेशीका सरोज अधिकारी र मुरारी अधिकारीले फरक फरक प्यानलबाट उम्मेदवारी दिने भएका छन् । सरोज अधिकारीले वरिष्ठ उपाध्यक्षमा र मुरारी अधिकारीले बागमती प्रदेशबाट केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका हुन् ।

केही समय अघि देखी आफु अध्यक्षको दावेदार भएता पनि पछिल्लो अवस्थामा आएर उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका सरोज अधिकारीले संस्थापन पक्ष तर्फ अनिता विन्दुको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् भने मुरारी अधिकारीले अर्को खेमामा रहेर बागमती प्रदेशबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका हुन् ।

मुरारी अधिकारीको विपक्षमा संस्थापन पक्ष तर्फका उम्मेदवार गिरिजा अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । देशभर आफ्नो छुट्टै छवि बनाउँदै परिचित बन्न सफल गिरिजा अधिकारी सँग चुनावी मैदानमा रहेका धादिङका मुरारी अधिकारीलाई चुनाव जित्न भने निकै चुनौतीपुर्ण रहेको नेपाल प्रेस युनियनका एक नेताले बताएका छन् ।

साउन ६ र ७ गते हेटौंडामा हुने ९औं महाधिवेशनमा नेपाली कांग्रेसको संस्थापन पक्षका तर्फबाट अध्यक्षमा अनिता विन्दु,,वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र कोषाध्यक्षमा माधव धितालको नाम लगभग पक्का पक्की भएको छ । बालुवाटारले युनियन अध्यक्षको टिकट दिएपछि अनिता विन्दुले मंगलवार नै आफुनो उम्मेदवारी अध्यक्षमा पक्का भएको घोषणा समेतलगरेकी थिईन् ।

यस अघि सरोज अधिकारीले आफू अध्यक्षको उम्मेदवार बन्ने बताएका भएता पनि उनी वरिष्ठ उपाध्यक्षमा बस्न सहमत भएका हुन । युनियनको अर्को खेमाबाट अध्यक्षमा दीपक आचार्य, ईश्वरी ओझा, शिव लम्साल लगायत आकांक्षीहरु पनि छन् । यस्तै, महासचिवमा दिलीप पौडेल, नकुल अर्याल, रमेश वाग्ले, खिला कार्की लगायत नेताहरुको दावी छ । तर यो समूहबाट लम्साल नै अध्यक्षको उम्मेदवार हुने निश्चत जस्तैछ । आठ वर्ष अघि भएको चुनावमा उनी बद्री सिग्देलसँग चुनावी मैदानमा पराजित भएका थिए ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस