आज:  | Fri, 22, Nov, 2024

पर्यटन क्षेत्रका सफल व्यवशायी भविश्वर शर्मा अध्यक्ष र उपाध्यक्षमा सहदेव धमला विजयी ।

२ श्रावण २०७९, सोमबार ०८:३३ मा प्रकाशित ( २ साल अघि) २६७ पाठक संख्या
नारी बाटिका



२०७९ श्रावण २ गते शोमवार
धादिङ ।
धादिङबाट काठमाडौं गई पर्यटन व्यवसाय संन्चालन गर्दै आएका धेरै धादिङे युवाहरु पर्यटन व्यवशाय सन्चालन गर्दै आएका छन् वास्तवमै भन्नु पर्दा पछिल्लो समयमा यस व्यवशायमा तल्लिन हुदै आएका धादिङ का ुयुवाहरु विभिन्न राजनितिक पार्टीमा नेता देखी कार्यकर्ता सम्म मा संलग्न रहेको पाईन्छ । अर्को तर्फ हेर्ने हो भने पर्यटन व्यवसाय संन्चालन बाट युवाहरुले रोजगारीमा मात्रै नभई नेपालको अर्थत्रन्त्रलाई पनि निकै सहयोग पुर्याएको छ । विदेशी पर्यटकहरु अन्य देशको तुलनामा नेपालमा घुम्फीर गर्न मन पराउछन् किनकी अन्य देशको तुलनामा नेपालमा रमाईला प्राकृर्तिक स्रोतहरु रहेको छ तराईदेखी पहाडी भेगमा विपभन्न प्रकारका महत्वपुर्ण धार्मिक स्थलहरु,झरनाहरु,मनोरहण हिमालहरु,त्यस्तै प्राकृर्तिक दृश्र्यहरुले नेपालको पर्यटन क्षेत्रका व्यवशायलाई सफल पारीरहेको छ । यसै व्यवशायमा सफलता हाँशिल गरेका धादिङ का सहदेव धमला ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षमा विजयी भएका छन् । सत्ता गठबन्धन नीकट पर्यटन व्यवसायीहरुको भविश्वर शर्माको प्यानलबाट उनी विजयी भएका हुन् ।

माओवादी केन्द्र निकट धमलाले ६८३ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र श्रेष्ठले ५२५ मत मात्रै ल्याएका थिए । धमलाले विगत १८ वर्षदेखि राजधानीको ठमेल लगायतका विभिन्न स्थानमा व्यवसाय संन्चालन गर्दै आएका छन् । उनले ठमेलस्थित काठमाडौं इको होटल, बेस्ट हेरिटेज टुर एण्ड ट्राभल्स, शैक्षिक संस्था, अन्य होटल तथा रेष्टुरेन्ट समेत सञ्चालन गर्दै आईरहेका छन् ।

अध्यक्षमा धमला रहेकै प्यानलका भविश्वर शर्मा विजयी बनेका छन् । उनले ७७२ मत ल्याई विजयी हुँदा उनको निकटतम प्रतिद्वन्दी एमाले कांग्रेस प्यानलबाट अध्यक्षमा उठेका धादिङका ध्रुव अधिकारीले ५६८ मत मात्रै पाए ।

धादिङका ३ पर्यटन व्यवसायी, ठमेल पर्यटन विकास परिषदको निर्वाचनमा उम्मेदवार बनेका थिए ।
यस्तै धादिङका प्रकाश थपिलया सदस्यमा निर्वाचित भएका छन् उनी ध्रुव अधिकारीको प्यानलबाट सदस्यमा निर्वाचित भएका हुन् । धादिङको सिद्दलेकमा जन्मिएका थपलिया भने यस निर्वाचन कालका सवै भन्दा कान्छा उम्मेदवार हुन् । उनी विगत ९ बर्ष देखि पर्यटन ब्यवसायमा संलग्न छन् ।

निर्वाचनबाट उपाध्यक्षमा गिता गुरुङ, शहदेब धमला, प्रशय राज भण्डारी, महासचिबमा राजिब पाण्डे, सचिबमा रामचन्द्र गिरि, कोषाध्यक्षमा पुण्यराम लागेजु, सदस्य हरुमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला सिम्खडा, चेतनाथ पुडासैनी, पुर्णिमा मालाकर, तेन्जिङ लामा, लालबाबू चौधरी हरु बिजयी बनेका छन ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस