आज:  | Sat, 23, Nov, 2024

धादिङमा १ महिनाको अवधिमा ४९ जनामा डेंगुको संक्रमण पुष्टि

३१ असार २०७९, शुक्रबार २१:१० मा प्रकाशित ( २ साल अघि) २७२ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङमा १ महिनाको अवधिमा ४९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले आज पत्रकार सम्मेलन गर्दै धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा २ र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा १ गरी धादिङमा ४९ जनालाई डेंगुको संक्रमण पुष्टि भएकोे जानकारी गराएको हो ।

डेंगु संक्रमितको संख्या बढ्दै गएको भन्दै पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न नदिन आग्रह गरिएको छ ।
उक्त अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यलय धादिङका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत सागर प्रसाद घिमिरेले पछिल्लो समय कोरोना र डेंगुका बिरामीहरु बढ्दै गएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ । वर्षायाममा पानीका स्रोतहरु प्रदुषण हुने हुदा विभिन्न मौषमजन्य रोग लाग्ने भएकाले थप सर्तकता अपनाउनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा कोभिड १९ को विद्यमान अवस्था, स्वास्थ्यको वर्तमान अवस्था, खानेपानी शुद्धीकरणका उपायहरु, डेंगु के हो, डेंगु रोग लाग्नुका कारणहरु लगायत धादिङ अस्पतालका सेवा सुविधाहरुको विषयमा अन्र्तक्रिया गरिएको थियो ।
तस्वीर: रेडियो बिहानी

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस