आज:  | Sat, 23, Nov, 2024

संयुक्त दलित संघर्ष समिति धादिङ द्धारा नीलकण्ठ नगरपालिकाका प्रमुख ढुङ्गानालाई १२ बुंदे माग सहितको ज्ञापन पत्र

२ असार २०७९, बिहीबार २०:३४ मा प्रकाशित ( २ साल अघि) ४०२ पाठक संख्या
नारी बाटिका


धादिङ – संयुक्त दलित संघर्ष समिति धादिङले नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानालाई १२ बुंदे माग सहितको ज्ञापन पत्र बुझाएको छ ।
संयुक्त दलित संघर्ष समितिले आज सबै विद्यार्थीहरुलाई कक्षा १ देखी १२ सम्म निशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने, नगरपालिकाको शिक्षा ऐन समानुपातिक र समावेशी हुनुपर्ने, विपन्न गरिब तथा दलित विद्याथीृहरुलाई छात्रवृति सहित आवासिय छात्रावासको व्यवस्था हुुनुपर्ने, दलित छात्रावास भनिएको भवन निर्माण र सञ्चालन गर्ने सम्बन्धमा भएको विवाद छलफलबाट समाधान गरिनुपर्ने लगायतका १२ बुंदे माग राख्दै नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानालाई ज्ञापन पत्र बुझाएको हो ।
यस्तै चरणबद्ध आन्दोलनको सिलसिलामा २०७८ असार ७ गते तेस्रो चरणको आन्दोलन भईरहँदा शान्तीपूर्ण आन्दोलनमा बसेका अधिकारकर्मीहरुमाथी नेपाल प्रहरी, नगर प्रहरी र केही अराजकतत्वको समेत प्रयोग गरि निहत्था जनतामाथी बर्बरतापूर्ण दमनको निन्दा र घोर भत्सर्ना गर्दछौं विज्ञप्तीमा भनिएको छ ।
विभिन्न माग राख्दै संयुक्त दलित संघर्ष समितिले चरणवद्ध आन्दोलन गर्दै आईरहेको संघर्ष समितिका रचनाकार गोपाल विश्वकर्माले बताउनुभयो ।
यथासक्य मागहरु सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाएर लेजाने पनि उहाँले बताउनुभयो । संयुक्त दलित संघर्ष समितिले विगतदेखी नै १२ बुंदे माग राख्दै संघर्षका कार्यक्रम गर्दै आईरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस