आज:  | Wed, 05, Feb, 2025

नागढुंगा सुरुङमार्ग नजिकै मोटरसाइकल दुर्घटनामा परि धादिङको एक जनाको मृत्यु, एक घाईते

३१ जेष्ठ २०७९, मंगलवार १७:३८ मा प्रकाशित ( २ साल अघि) ९२६ पटक पढिएको
नारी बाटिका


धादिङ –त्रिभुवन राजपथ अन्र्तगत नागढुंगा सुरुङमार्ग नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा ८२ प ५६४५ नम्बरको बाइकमा सवार निलकण्ठ नगरपालिका वडा नम्बर १२ का ४३ बर्षिया यमबहादुर मगर रहेका छन् । दुर्घटनामा परी निलकण्ठ नगरपालिका वडा नम्बर ८ का २३ बर्षिया गणेश श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यलय खानिखोलाले जनाएको छ ।

काठमाडौँतर्फ जाँदै गरेको मालबहाक ना ५ ख ७३८६ नम्बरको ट्रक पछाडीबाट ब्याक भएर काठमाडौँ नै जाँदै गरेको बा ३ क ३४०४ नम्बरको आइचरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा आइचरले काठमाडौँ तर्फ नै जाँदै गरेको बा.प्र. ०३९००१ ख ०४३८ नम्बरको ट्याङकीलाई ठक्कर दिएको थियो । तीनवटा गाडी एकआपसमा ठोक्किएको थियो । सोही क्रममा बाइक दुर्घटना भएको र चालकहलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय खानिखोलाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस