आज:  | Wed, 05, Feb, 2025

आँबुखैरेनीमा सडक भासिँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध

२७ जेष्ठ २०७९, शुक्रबार ०७:४३ मा प्रकाशित ( २ साल अघि) १८४८ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरको ड्याम नजिकै सडक भासिँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म गाडी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि गाडीलाई फर्काउन थालिएको उहाँले बताउनुभयो । यस्तै, तनहुँको भानु नगरपालिका–३ कुर्कुना र १ रमाइलो डाँडामा पहिरोसँगै रुख ढलेकाले सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

भासिएको सडक मर्मत गर्न समय लाग्ने भएकोले उक्त रूट भएर सञ्चालन हुने सवारी साधनहरूले वैकल्पिक बाटो प्रयोग गर्न तनहुँ प्रहरीले अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस