आज:  | Sat, 19, Apr, 2025

आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

२२ जेष्ठ २०७९, आईतवार ०९:१९ मा प्रकाशित ( २ साल अघि) १३९६ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइने गरिन्छ ।

‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो वर्ष विश्व वातावरण दिवस मनाइउन लागिएको हो ।

नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन ः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस