आज:  | Sat, 19, Apr, 2025

पेट्रोलको मुल्य प्रतिलिटर ८ रुपैयाँ २१ पैसाले बढ्यो

१९ जेष्ठ २०७९, बिहीबार ०९:१६ मा प्रकाशित ( २ साल अघि) २४६५ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले हिजो पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ ।

डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँले घटेको छ । यस्तै हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यपछि पनि निगमलाई मासिक घाटा ६ अर्ब १५ रुपैयाँ पुग्ने निगमले प्रक्षेपण गरेको छ । आईओसीलाई पहिलेकै बक्यौता ३२ अर्ब रहेको र अबको नयाँ मूल्य पछि जुन महिनामा निगमले ४७ अर्ब हारहारी रकम भुक्तानी गर्न बाँकी रहेको निगमले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस