आज:  | Sat, 23, Nov, 2024

गुठी समस्या समाधान नभए संघ र प्रदेशको निर्वाचन बहिस्कार गर्ने ज्यामरुङका उम्मेद्वारहरुको चेतावनी

२१ बैशाख २०७९, बुधबार २०:०३ मा प्रकाशित ( २ साल अघि) २५२ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्षका उम्मेद्वारहरुले श्री ५ को बायु गुठी समस्या समाधान नभए संघ र प्रदेशको निर्वाचन बहिस्कार गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज वडा कार्यालय चामभञ्ज्याङमा आयोजित अन्तक्रिया कार्यक्रममा वडा अध्यक्षका उम्मेद्वारहरु सँगको गुठी सम्बन्धी समस्याको बारेमा अन्तरक्रिया कार्यक्रममा सो विषयमा प्रतिबद्धता जनाएका हुन् ।साबिकको ज्यामरुङ, कटुञ्जे र गोरखा थुमी सहित करिब ३ हजार ५ सय घरघुरीहरु श्री ५ को बायुगठी समस्याबाट पीडित छन् ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा(माओवादी केन्द्र र राप्रपा बाट वडा अध्यक्षका उम्मेद्वारहरुले सो प्रतिबद्धता जनाएका हुन् । नेकपा(माओवादी केन्द्र)बाट वडा अध्यक्षका उम्मेद्वार चन्द्र बहादुर लम्सालले यदि संघ र प्रदेशको निर्वाचन अगावै गुठी समस्या समाधान नभए आफ्नो दलका उम्मेद्वारलाई भोट माग्न गाउँ प्रवेशमा रोक लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार राम बहादुर श्रेष्ठले गुठी समस्या समाधान नभएको खण्डमा संघ र प्रदेशको निर्वाचन नै बहिस्कार गर्ने बताउनुभयो ।

 

यसैगरी नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार उमेश विष्टले राजनैतिक आग्रह पूर्वाग्रहमा नलागि समस्या समाधानतर्फ सबै दल र नागरिकहरु लाग्नुपर्ने बताउनुभएको छ ।राप्रपा लिङ्देन समूहका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार श्याम सिं ठकुरीले आफू निर्वाचित भएमा १ महिनाभित्रमा गुठी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो ।

गुठी संघर्ष समितिका अध्यक्ष ईश्वरी प्रसाद लम्सालले धेरै समय पछि बल्ल गुठी समस्या समाधानको अन्तिम चरणमा पुगेको हुनाले सम्पूर्ण ज्यामरुङबासीलाई अक्रै पनि समस्या समाधान नभए आन्दोलनमा उत्रिन समेत आह्वान गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस