आज:  | Sat, 23, Nov, 2024

निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ

२१ बैशाख २०७९, बुधबार ०९:२८ मा प्रकाशित ( २ साल अघि) ३८८ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । प्रचारप्रसारलाई तीव्रता दिएका दलहरूले आचारसंहिता उल्लङ्घन गर्न थालेपछि आयोगले कडाइ गरेको हो ।
आयोगले सत्तारुढ नेपाली काँग्रेस र माओवादी केन्द्रसँग जवाफ माग गरेको छ । निर्वाचनमा प्रचार गरिएको पर्चाको विषयलाई लिएर आयोगले काँग्रेसलाई तीन दिनभित्र जानकारीसहितको जवाफ मागेको हो ।

निर्वाचन आयोगको आचारसंहिता प्रतिकुल गतिविधि गरेको भन्दै आयोगले नेकपा (माओवादी केन्द्र) काठमाण्डौसँग जवाफ माग गरेको छ । आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार अमृत खनाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । खनालले मतदाताको खुट्टामा एक हजारको नोट राखेर भोट मागेको फोटो सार्वजनिक भएको भन्दै आयोगले स्पष्टीकरण माग गरेको हो ।
निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई पनि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई पनि आयोगले स्पष्टी,करण सोधेको छ । दलीय चुनावी प्रचार प्रसारमा खटिएको फोटोसहितको समाचार प्रकाशन भएपछि आयोगले उहाँलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण पेश गर्न भनेको छ ।
आयोगले कपिलबस्तुको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक प्रल्हाद पाण्डेलाई पनि दलीय चुनावी प्रचार प्रसारमा संलग्न रहेको भन्दै तीन दिनभित्र जवाफ पेश गर्न आदेश गरेको छ ।
आयोगले यसअघि शहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिका प्रमुख पदका उम्मेदवार केशव स्थापित लगायतसँग स्पष्टिकरण सोधिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस