आज:  | Sat, 23, Nov, 2024

भोलिदेखि सुरु हुने एसईईको तयारी पूरा, धादिङबाट ६ हजार २ सय २४ विद्यार्थी सहभागी हुदै

८ बैशाख २०७९, बिहीबार १५:३६ मा प्रकाशित ( २ साल अघि) ३८० पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – शुक्रबार देखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो ।

कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै एसईई सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्लामा पठाइसकेको उहाँले जानकारी दिनुभयो ।

एईइईका लागि देशभर दुई हजार सात वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार नौ सय १४ जना र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी पाँच लाख १४ हजार नौ सय ६७ परीक्षार्थी सहभागी हुने भएका छन् ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार चार सय ५४ विद्यार्थी र प्राविधिक धारतर्फका दुई सय ९९ विद्यालयका १४ हजार पाँच सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन् ।
त्यस्तै यो वर्षको एसईई परीक्षामा धादिङ जिल्लाबाट ६ हजार २ सय २४ जना विद्यार्थी सहभागी हुने भएका छन् । धादिङका १ सय ५५ वटा माध्यामिक विद्यालयका ६ हजार २ सय २४ जना विद्यार्थीले २६ वटा परीक्षा केन्द्रबाट परिक्षा दिन लागेका हुन ।

परीक्षामा सहभागी हुने विद्यार्थीहरु मध्य २३ जना ग्रेडबृद्धि, खुल्ला विद्यालय अन्तगत अन्तरगत ३९ जना र प्राविधिक तर्फका २०९ जना रहेका छन् ।भोलिदेखि सुरु हुने एसईईको तयारी पूरा, धादिङबाट ६ हजार २ सय २४ विद्यार्थी सहभागी हुदै

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस