आज:  | Sat, 23, Nov, 2024

उम्मेदवार छनोटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै

५ बैशाख २०७९, सोमबार ०७:२१ मा प्रकाशित ( २ साल अघि) ३६७ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – उम्मेदवार छनोटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । आज बेलुकीसम्म ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट टुङ्गो लगाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । तर गठबन्धनका पाँचवटै दलले आआफ्ना अडान र दाबी छोडेका छैनन् ।
सत्ता गठबन्धनमा सहभागी दलहरुले महानगर र उपमहानगरपालिकामा आ–आफ्नो दाबी गरेका छन् । नेपाली कांग्रेसले काठमाण्डौ, ललितपुर, विराटनगर महानगरपालिकाको प्रमुखमा दाबी गरेको छ । यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकामा दाबी गरेको छ ।
११ उपमहानगरपालिकामध्ये कांग्रेसले बुटवल, जनकपुर, तुलसीपुर, कलैया, घोराही, धनगढी, हेटौँडा लगायतमा दाबी गरेको छ । माओवादी केन्द्रले घोराही, जितपुर सिमरा, हेटौडा र धरान उपमहानगरपालिकामा दाबी गरेको छ ।
एकीकृत समाजवादीले तुलसीपुर, हेटौँडा र इटहरी तथा जसपाले नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै दाबी गरेको छ । गठबन्धनमा भएका पाँच दलमध्ये छ वटै महानगरपालिकामा कांग्रेसको मतभार धेरै छ ।

त्यहीकारण कांग्रेसका स्थानीय कार्यसमितिले अल्पमतको नेतृत्व स्वीकार्न नसकिने अडान लिएका छन् । गठबन्धनमा रहेका दलका आआफ्नै दाबी र अडानले उम्मेदवार टुङ्ग्याउन सकस भएको छ । निर्वाचन आयोगले आउँदो १० र ११ गते उम्मेदवारी मनोनयनको दिन तोकेको छ ।
तस्बिर ः उज्यालो अनलाईन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस