आज:  | Fri, 22, Nov, 2024

नीलकण्ठ नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा देशभरमै उत्कृष्ट

२६ चैत्र २०७८, शनिबार ०७:४२ मा प्रकाशित ( २ साल अघि) ८४७ पाठक संख्या
नारी बाटिका


धादिङ –धादिङको नीलकण्ठ नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा देशभरमै उत्कृष्ट बनेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमूल्यांकन प्रणाली (लिजा)मा देशभरका ७ सय ५३ स्थानीयमध्ये नीलकण्ठ उत्कृष्ट बनेको हो । स्थानीय तह सुशासन स्वमूल्यांकनमा पेश भएको तथ्य प्रमाणको आधारमा नीलकण्ठ नगरपालिकाले ९७ अंक पाएको छ ।
विभिन्न १० विधामा भएको परीक्षणका आधारमा स्थानीय तहहरूको स्वमूल्यांकनको कुल अंक निर्धारण हुने गर्दछ । नीलकण्ठ नगरपालिकाले शासकीय प्रबन्धमा कुल ९ अंकमा ८ दशमलव ५ अंक प्राप्त गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमूल्यांकन प्रणालीको अभिलेख अनुसार संगठन तथा प्रशासन, वाषिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य एवं समन्वय विधामा नीलकण्ठ नगरपालिकाले शतप्रतिशत अंक प्राप्त गरेको छ ।
मन्त्रालयका अनुसार नीलकण्ठ नगरपालिकाले सेवा प्रवाह क्षेत्रमा कुल १६ मा १५ अंक, न्यायिक कार्य सम्पादनमा कुल ७ मा ६ दशमलव ५, भौतिक पूर्वाधारमा कुल १३ मा १२ दशमलव ५ र सामाजिक समावेशीकरणमा कुल १० अंकमा ९ दशमलव ५ अंक प्राप्त गरेको हो ।
देशभरका ७ सय ५३ स्थानीय तहमध्ये स्वमूल्यांकनमा ९० भन्दा माथि अंक प्राप्त गर्ने ९ वटा स्थानीय तह रहेका छन्। धादिङकै ज्वालामुखी गाउँपालिका ९० दशमलव ७५ अंकसहति स्वमूल्यांकनको आठौं नम्बरमा परेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस