आज:  | Fri, 22, Nov, 2024

धादिङका अग्रज पत्रकार स्वर्गीय सीताराम प्रसाद वर्माको शालिक अनावरण

२६ चैत्र २०७८, शनिबार ०७:२८ मा प्रकाशित ( २ साल अघि) ७३७ पाठक संख्या
नारी बाटिका


धादिङ– शुक्रबार नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष स्वर्गीय सीताराम प्रसाद वर्माको शालिक अनावरण गरिएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा महासंघ भवन परिसरमा वर्माको सम्झनामा निर्माण गरिएको शालिकको औपचारिक अनावरण गरिएको हो ।
उक्त शालिक अनावरण सभालाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य खेम प्रसाद लोहनीले पत्रकारिता क्षेत्रको विकासमा पुर्याउनु भएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो । शालिकको तल्लो भागमा वर्माले निधन हुनुअघि लेख्नुभएको अक्षर जस्ताको तस्तै राखिएको छ ।
अक्षर नबुजिएपनि उउहाँले लेख्नुभएको शब्द इतिहासका लागि राखिएको पत्रकार महासंघ धादिङका अध्यक्ष राजारामले बताउनुभयो । शर्माले अन्तिम समयमा पनि कलम र कपि बोकेर नै संसारबाट बिदा भएको जानकारी गराउनुभएको थियो । त्यस्तै अग्रज पत्रकार वर्माको शालिक अनावरणमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव प्रसाद देवकोटाले अग्रजले गरेका सकारात्मक कामको सबैले अनुशरण गरेर अघि बढ्नुपर्ने उहाँले बताउनु भयो ।
केही समयअघि असामयिक निधन भएका स्वार्गीय पत्रकार राजेन्द्र प्रताप शाहको नाममा पत्रकारिता पुरस्कार प्रदान गर्ने पनि भएको छ । वर्माको शालिक अनावरणसंगै अग्रज पत्रकार शाहको श्रद्धाञ्जली सभामा महासंघ धादिङका अध्यक्ष शर्माले शाहको नाममा स्मारिका प्रकाशन गर्ने र ज्वालामुखी गाउँपालिकासंगको सहयोगमा पत्रकारिता पुरस्कार प्रदान गर्ने प्रस्ताव गरिएको जानकारी गराउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस