आज:  | Fri, 22, Nov, 2024

धादिङको सत्तारुढ गठबन्धन दलबिच स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय

२५ चैत्र २०७८, शुक्रबार १९:०३ मा प्रकाशित ( २ साल अघि) ८२२ पाठक संख्या
नारी बाटिका


धादिङ– धादिङको सत्तारुढ गठबन्धन दलबिच स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छ ।
आज गल्छी धादिङमा बसेको जिल्लास्थित गठबन्धन दलहरुको बैठकले १३ वटै पालिका, १ सय ४ वटा वडा र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी निर्वाचनलाई सफल बनाउने निर्णय गरेको हो ।
१३ वटै स्थानीय तहमा चुनावी तालमेलका लागि नेपाली कांग्रेसका पालिका सभापतिको अध्यक्षतामा संयुक्त संयन्त्र निर्माण गर्ने, गठबन्धनमा रहेका दलहरुबिच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा समान र हार्दिकताको विकास गर्दै निर्वाचनमा केन्द्रित हुने, दलगत वस्तुस्थितिका बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट २÷२ जना प्रतिनिधि रहने कार्यदल गठन गर्ने लगायतका ८ वटा निर्णयहरु गरेको छ ।
साथै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धनकै तर्फबाट निर्वाचनमा जान केन्द्रीय समितिलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा भएको सत्ता गठबन्धनको उक्त बैठकमा नेपाली कांग्रेसको तर्फबाट नेताहरु दिलमान पाख्रिन , भिम प्रसाद ढुंगाना , विश्व अर्यालको सहभागिता रहेको थियो ।
त्यस्तै माओवादी केन्द्रबाट शालिकराम जम्कटेल, दल बहादुर बुर्लाकोटी, मनराज भण्डारी , दिपक लामिछाने र शम्भु कुमार श्रेष्ठको सहभागिता रहेको थियो । नेकपा एकीकृत समाजवादीको तर्फबाट राजेन्द्र पाण्डे, गंगालाल तुलाधर , गुरु प्रसाद बुर्लाकोटी, ईन्दिरा ढुंगाना र सुवास खतिवडाको सहभागिता रहेको थियो ।
जनता समाजवादीबाट राजु नेपाल, वीर बहादुर तामाङ , राम बहादुर ढकाल, अर्जुन सापकोटा र अनिल अधिकारी लगायतका नेताहरुको सहाभगिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस