आज:  | Fri, 22, Nov, 2024

आजदेखि शुक्रबारसम्म वर्षा र हिमपात हुने सम्भावना

२६ माघ २०७८, बुधबार ०८:२१ मा प्रकाशित ( २ साल अघि) २५८ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – पश्चिमी क्षेत्रमा आज वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । अहिले यी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ । दिउँसो मौसम पूर्ण बद्ली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा आज पानी पर्न लागेको हो । यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुने उहाँले बताउनुभयो ।

यस्तै, आज वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँमा पनि हल्का पानी पर्ने छ । भोलि पनि वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा पानी पर्ने अनुमान छ । पर्सिदेखि भने पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हट्ने भएकाले मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । अब पानी पार्ने अर्को कुनै प्रणाली नआए बिस्तारै गर्मी बढ्दै जाने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस