आज:  | Fri, 22, Nov, 2024

धादिङको रुबिभ्यालीमा तीन दिनदेखि लगातार हिमपात

२१ माघ २०७८, शुक्रबार १६:१७ मा प्रकाशित ( २ साल अघि) ९३३ पाठक संख्या
नारी बाटिका


धादिङ ।
उत्तरी धादिङको रुबिभ्यालीमा भारि हिमपात भएको छ । उच्च पहाडी क्षेत्रमा पर्ने रुबिभ्याली गाउँपालिका वडा न १,२ र ३ को माथिल्लो भेगमा बिहिबार रातीदेखि निरन्तर हिउँ परिरहेको छ ।
हिउँ पर्न सुरु भएको दिनदेखि गाउँमा घाम देखिएको छैन । लगातारको हिमपातले बस्ती पुरै हिउँले ढाकिएकोले जनजीवन निकै कष्टकर बनेको स्थानीयवासिले बताएका छन् ।

हिमपात भएपछि गोठमा लगिएका भेडाबाख्रा, चौरी, गाईगोरुको पनि विचल्ली भएको छ । वस्तीमा २ फिट सम्म हिउँ पर्दा स्थानीयले लगाएको बालीमा समेत असर पारेको छ ।

रुवीभ्यालीका वृद्धवृद्धा र बालबालिकाहरु घरबाट बाहिर निस्किन नसक्ने अवस्थामा रहेका छन् भने विद्युतको तारमा हिउँ झेलिएर विद्युत सेवा समेत अवरुद्ध बनेको स्थानीयवासि नरबहादुर तामाङले जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस