आज:  | Tue, 29, Apr, 2025

अवहलेनाको रिटमा सर्वोच्चले नेता गगन थापासँग लिखित जवाफ

१६ बैशाख २०८२, मंगलवार १८:१६ मा प्रकाशित ( ६ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


काठमाडौं- १६ वैशाख।

सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका नता तथा महामन्त्री गगन थापासँग अदालतको अवहलेना सम्बन्धमा लिखित जवाफ मागको छ ।

मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गर्न आदेश दिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईँकेलका अनुसार सात दिनभित्र नेता थापालाई जबाफ पेस गर्न आदेश दिएको छ । ‘उहाँलाई आफै‌ वा आफ्ना कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जबाफ पेस गर्न आदेश भएको छ,’ प्रवत्ता कुईँकेलले बताएका छन्।

आइतबार थापाविरूद्ध अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता गरेका थिए। संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्ति गरिएको सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले अदालतले विश्वसनीयता गुमाइरहेको अभिव्यक्ति दिनु भएको रिटमा भनिएको छ । ‘

संवैधानिक पदाधिकारीको पदावधि सकिनै लाग्दा पनि हाम्रो सम्मानित अदालतले कहिले हेर्दा हेर्दै भनेको छ । कहिले हेर्न नभ्याइने भनेको छ कहिले के भनेको छ । यसले अदालतको विश्वसनीयतामा प्रश्न उठाएको छ,’ भनेर अभिव्यत्ती दिएको नेता थापामाथी आरोप लागेको छ ।

उक्त अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस