आज:  | Mon, 28, Apr, 2025

पैदलयात्रीलाई ठक्कर दिएर अरुण नदीमा जीप खस्दा ३ जनाको गम्भीर अवस्था

१५ बैशाख २०८२, सोमबार १९:५८ मा प्रकाशित ( ४ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


सङ्खुवासभा- १५ वैशाख।

आज सङ्खुवासभाको अरुण नदीमा यात्रु बोकेको बोलेरो जीप खस्दा ३ जनाको अवस्था गम्भीर रहेको छन्।

जिल्ला सदरमुकाम खाँदबारीबाट धनकुटातर्फ जाँदै गरेको बोलेरो जिप सोमवार धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा प्रदेश १.०२(००२ च ४१०३ नम्बरको यात्रु बोकेको बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीनजना गम्भीर घाइते अवस्थामा छन्।

उक्त बोलेर जिप दुर्घटनामा परी खाँदबारी–९ का ४१ वर्षीय रमेश राई, मकालु गाउँपालिका–५ का २० वर्षीय चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डे घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनु भयो।

दुर्घटनाबाट घाइते भएका तीनै जनाको प्रहरी र स्थानीयले उद्धार गरेर मनकामना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनु भयो । प्रहरीका अनुसार धर्मदेवी –८ स्थित सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भइ अरुण नदीमा खसेको थियो।

जीप दुर्घटनामा परेर घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको जिप अरुण नदीमा डुबेको र झिक्न सक्ने अवस्था नरहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनु भयो।

साथै अरुण नदीमा खसेको बोलेरो जिप निकाल्ने प्रयास भइरहेतापनि सकिरहेको छैन । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस