आज:  | Mon, 28, Apr, 2025

छुट्टा छुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

१५ बैशाख २०८२, सोमबार १५:३६ मा प्रकाशित ( ३ घण्टा अघि) ५९० पटक पढिएको
नारी बाटिका


अर्घाखाँची- १५ वैशाख ।

प्राप्त जानकारी अनुसार सन्धीखर्क नगरपालिका(१० ढुङ्गे देउरालीस्थित सडकमा अर्घा मन्दिरबाट सन्धीखर्कतर्फ जाँदै गरेको लु।६० प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक स्याङ्जा वालिङ नगरपालिका(८ बस्ने ६० वर्षीय डम्बर बहादुर खत्रीको मृत्यु भएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते उनको अर्घाखाँचीको जिल्ला अस्पताल मा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी मोरङ, सुनवर्षी नगरपालिका(९ लक्ष्मी टोलस्थित सडकमा डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३९ एच २९५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो भएको दुर्घटनामा परी सोही नगरपालिका(९ बस्ने २० वर्षीय चालक साहवन आलमको मृत्यु भएको छ ।

त्यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका(१२ तामनगरस्थित सडकमा लु।३४ प ११०७ नम्बरको मोटरसाइकल गए राति भएको दुर्घटनामा चालक कपिलवस्तु वाणगंगा नगरपालिका(२ बस्ने १८ वर्षीय समिर थारूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै सोही मोटरसाइकलमा सवार अन्य घाइते २ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पोखराबाट कटारीतर्फ जाँदै गरेको ना..७ ख ११०१ नम्बरको बसले मकवानपुर, हेटौंडा उपमहानगरपालिका(८ एचआईडीस्थित सडकमा पैदलयात्रीलाई ठक्कर दिँदा पर्सा सखुवा प्रसौनी गाउँपालिका(३ कटैया बस्ने ३६ वर्षीय प्रबेज अन्सारीको आइतबार राति मृत्यु भएको छ ।

पाल्पा, रैनादेवी छहरा गाउँपालिका(१ सिद्देश्वर असारेस्थित सडकमा असारेबाट ठुलापोखरीतर्फ जाँदै गरेको लु.१ ज २३७७ नम्बरको जिप अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा जिपका ३ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइतेहरुमध्ये सोही गाउँपालिका(१ असारे बस्ने २२ वर्षीय जनक रेगामीको मिसन अस्पतालमा मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी ऐ.बस्ने ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको जिल्ला अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको छ। साथै दुर्घटना घाइते भएका चालक समेत २ जनाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस