आज:  | Mon, 28, Apr, 2025

चिनमा बेचिन लागेकी एक महिलाको अर्की बेचिएकी महिलाबाटै उद्धार

१५ बैशाख २०८२, सोमबार ०९:३८ मा प्रकाशित ( ६ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


काठमाडौं १५वैशाख।

वैदेशिक रोजगारीका नाममा बेचिन लागेकी एक महिलाको अर्की बेचिएकी महिलाबाटै उद्धार  गरिएको छ । जोरपाटीमा खाजा पसल चलाइरहेकी एक महिला सर्वदा काफ्ले (नाम परिवर्तितलाई बेचिनबाट जोगिएकी छिन् । उनको खाजा पसलमा सधैं आइरहने ग्राहकले नै उनलाई प्रस्ताव राखेर,चिनमा ‘स्ट्रबेरी टिप्ने काममा जाने हो भने राम्रै कमाइ हुन्छ ।’ भनेर प्रलोभनमा पारेका थिए ।

‘त्यसपछी सर्वदाले चिन जानको लागी खर्च के कति लाग्छ भनेर सोधेको र ति दलालहरुले खर्च कत्तिपनि नलाग्ने बताएका थिए । महिनाको लाखौँ तलब पाइने,राम्रै पैसा कमाइ हुने र चिन जानको लागी खर्च कत्तिपनि नलाग्ने भएपछी लेखपढ गर्न नजान्ने सर्वदालाई लागेको थियो, ‘चीन गएर टन्न पैसा कमाएर आउँछु ।’ भनेर उनी लोभिएकी थिइन् ।

सर्वदा वैदेशिक रोजगारीमा चीन जान तयार भएपछि उनलाई खाजा पसलमा आईरहने ति ग्राहकले एउटा फोन नम्बर दिएर फोन गर्न भनेका थिए । त्यसपछी त्यस फोन नम्वरमा फोन गरेर डिटेल कुरा सोध्दा ‘चीनमा काम गर्न जानका लागि बिहे नभएको कुमारी केटीको प्रमाणपत्र बनाउनु पर्ने भनेका थिए ।

‘त्यस्तो कागजात कसरी, कहाँबाट बनाउने भनेर केही थाह नभएकी सर्वदालाई ति खाजा खान आउने ग्राहकहरुले नै वडा कार्यालयमा गएर अविवाहित प्रमाणपत्र बनाउ भनेर उनीहरुले भनेकाले सर्वदाले पूर्वी नेपालको आफ्नो गाउँ गएर वडा कार्यालयबाट अविवाहित प्रमाणपत्र बनाएर ल्याएकी थिईन् ।

त्यसपछी राहदानी लगायतका कागजातहरु उनले तिनै दलाललाई बुझाएपछि दलालले उनलाई जोरपाटीको एउटा होटेलमा लगीयो र त्यस ‘होटेलको कोठाबाट बाहिर जान दिइएन र उनी होटेलमै बस्न बाध्य भइन् । पछीपछी उनलाई फेसबुकमा एउटा अडिओ म्यासेज आयो र त्यो म्यासेज सुनेर उनी छाँगाबाट खसेझैँ भइन् ।

उनलाई चीनमै रहेकी एक नेपाली महिला रमिला (परिवर्तित नाम)ले म्यासेज गरेकी थिइन् । चीनबाट सर्वदालाई म्यासेज गर्ने महिलालाई पनि सर्वदा जस्तै विना खर्चमा गएर लाखौं कमाई हुने भन्दै लोभ्याएर चीन पुर्‍याइएको रहेछ । सर्वदालाई चीन पठाउन खोजेका दलालले नै रमिलालाई पनि चीनमा बेचेका रहेछन् ।

रमिलाले चीनबाट म्यासेज गरेर सर्वदालाई भनिन्, ‘बहिनी यहाँ ल्याएर बुढा चिनियाँ मान्छेसँग विवाह गराइदिन्छन् । नेपालभन्दा विकट ठाउँमा ल्याएर खेतीपाती र घरको काममा लगाउँछन्, नेपाल पनि फर्किन दिँदैनन् ।’ यो सुनेपछि सर्वदाले थाह पाईन्की आफुलाई दलालहरुले यसरी नै बेच्दैछन् भनेर ? । उनी, दलालबाट फुत्किने प्रयास गरेपनि सकिनन् र चीन नजाने भए पासपोर्ट, नागरिकता अविवाहित प्रमाणपत्र फिर्ता दिँदैनौँ, अनि होटेलमा बस्दा लागेको खर्च ब्याजसहित तिर्नुपर्छ,’ दलालले सर्वदालाई धम्क्याउन थाल्यो ।

चीन गएर जीवनभर कैदी बन्नु भन्दा त नागरिकता, पासपोर्ट त्यागेकै राम्रो भन्ने ठानेर नागरिकता, पासर्पोट लगायतका कागजात दलालसँगै छाडेर सर्वदा होटेलबाट भागिन् । त्यसपछी सर्वदा समचारमाध्यको सम्पर्कमा आएकी हुन् ।

चीनमा नेपाली महिला । युवतीलाई लगेर विवाह गरेर यातना दिन थालिएपछि नेपाल सरकारले २०७३ मै नेपालीले चिनियाँसँग विवाह गर्न नपाउने व्यवस्था गरेको थियो । नेपाली चेलीलाई चीनमा राम्रो जागिरको लोभ देखाएर विवाह गर्न बाध्य बनाउने कयौँ गिरोहलाई प्रहरीले पक्राउ गरिरहेको छ । तर, यस्ता गिरोहहरू नयाँ–नयाँ रूपमा सक्रिय हुने गरेका छन् ।

प्रहरीले २०७६ मा पनि ४ चिनियाँ र ६ नेपालीसहित १० जना पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको चीनमा मानव तस्करी गर्ने सबैभन्दा ठूलो गिरोह यही भएको खेलेको छ । यसरी चिनमा बेचिसकेपछी जेल परेर फर्किन सजिलो नभएको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस