आज:  | Sun, 27, Apr, 2025

शिक्षक आन्दोलन झडप अपडेट: पत्रकार शिक्षक र प्रहरी गरी ४२ जना घाइते

१४ बैशाख २०८२, आईतवार १९:२८ मा प्रकाशित ( ९ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ वैशाख।

आईतबार काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनमा रहेका शिक्षक र प्रहरीबिचमा झडप हुंदा प्रहरी,पत्रकार तथा शिक्षकसहित ४२ जना घाइते भएका छन्।

बिजुलीबजार(नयाँबानेश्वर क्षेत्र सडकमा भेला भएर नारा लगाउँदै प्रदर्शनमा आएका शिक्षकहरुले निषेधित क्षेत्र तोडन् खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झपडमा परी शिक्षक, प्रहरी र १ महिला पत्रकार समेत घाइते भएका हुन्।

झपडमा घाइते भएकाहरुलाई काठमाडौँका विभिन्न अस्पतालमा लगिएको छ। शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहरासमेत हान्नु परेको थियो।

आन्दोलनकारीहरुले माइतीघर मण्डलाबाट आईतबार बिहान ११ बजे विरोध जुलुस निकालेका थिए । शिक्षकहरुको आन्दोलन आज २६औँ दिनमा सडकमा उत्रिएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस