आज:  | Sun, 27, Apr, 2025

शिक्षकमाथि प्रहरीले पानीको फोहोरा हानेको घटनाको भर्त्सना गर्छौं महासंघ

१४ बैशाख २०८२, आईतवार १५:५१ मा प्रकाशित ( ११ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ वैशाख।

करिब १ महिनादेखी विद्यालयको सबै गतिविधिहरु ठप्प पारेर आन्दालन गरिरहेको नेपाल शिक्षक महासंघ र प्रहरीबिचमा बिवाद भएको छ । विद्यालयमा फर्किएर शैक्षिक कार्य गर्न सरकारले पटक पटक अनुरोध गरेको भएतापनि शिक्षकले आन्दोलन गर्न नछोडेपछी आज दुईपक्षबिचमा बिवाद हुंदा प्रहरीले पानीको फोहोरा हानेको थियो ।

शिक्षक महासंघले प्रहरीले पानीको फोहोरा प्रयोग गरेको कार्यप्रति घोर भर्त्सना गरेको जनाएको छ। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले यो घटनाको महासंघले घोर भर्त्सना गर्ने बताए। उनले विगत २६ दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको र आज प्रहरीले फोहोरा प्रयोग गरेर शिक्षकहरूलाई घाइते बनाएको बताए।

शिक्षकले भने ,‘हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले फोहोरा प्रयोग गर्‍यो,१४ जना भन्दा बढी शिक्षकहरू घाइते भएका छन्,यो घटनाप्रति महासंघ घोर भर्त्सना गर्दछ।’ शिक्ष्कका अनुसार दिउँसो ३ बजे बैठक बस्ने छ। त्यसपछि थप आन्दोलनका रणनीति तय गरिने उनीहरुको भनाइ छ।

देशभरका शिक्षकरकर्मचारीहरू तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित गरी आन्दोलनमा छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस