आज:  | Sun, 27, Apr, 2025

आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्व श्रद्धा भक्तिसाथ मनाइँदै

१४ बैशाख २०८२, आईतवार ०७:०४ मा प्रकाशित ( १३ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


धादिङ – १४ वैशाख।

आज आफ्नी जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने दिन हो प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनलाई आमा खुवाउने औंशी भनिन्छ । यस पर्वका अवसरमा आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।

धर्म शास्त्रमा उपाध्याय (पण्डित),आचार्य र पिता भन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद लिने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

आमाप्रतिलाई देवता सरह मान्ने छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई उहाँबाट जिवनभरी खुशी मिलोस भनेर आशीर्वाद थाप्ने गरिन्छ।

आमाको मृत्यु भइसकेका छोराछोरीहरूले भने मातातिर्थमा गई आमाको सम्झनामा तर्पण र पिण्ड दिने र गुरु पुरोहितलाई सिदादान गर्ने,दक्षिणा दिने मिठा र शुद्ध भोजन गराई दिवङ्गत आमा र उहाँले आफ्ना सन्तानको हितका लागी गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन्।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उहाँले बताउनु भयो। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर मात्रै नभई उहाँको भावनाको कदर गर्दै दुख बुझुन सक्ने नै एक महान सन्तान हुनेछ भनेर विभिन्न धर्म शाश्रमा उल्लेख गरिएको छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । मुत्युपच्छादपनि वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आफुना सन्तानबाट आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई उहाँले आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनु हुन्छ।

आजको दिनमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्दछ। मातातीर्थमा मेलाको दिन उक्त तिर्थस्थलमा गई दिवङ्गत आमाको तर्पण दिएमा उहाँको आत्मा खुशी हुने धार्मिक मान्यता छ । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको झुटा प्रचार सही नभएको समितिले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस