आज:  | Sat, 26, Apr, 2025

प्रधानमन्त्री ओलीद्वारा सरकार ढल्छ भन्नेहरु फत्रक्क गलेको टिप्पणी

१३ बैशाख २०८२, शनिबार १९:४४ मा प्रकाशित ( ७ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १३ वैशाख।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार घुर्लुप्पै ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका टिप्पणी गर्नु भएको छ ।

शनिबार बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा उहाँले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र ‘मिसन’मा केन्द्रित रहन दलका सांसदहरुलाई निर्देशन दिनु भएको हो ।

“सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट आइपुग्ने बित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसनमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरु फत्र्याक्क भएका छन्, सरकार ढल्दैन भनेपछि सकियो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(एमाले) का अध्यक्षसमेत रहेका वलीले यस्तौ धारणा राख्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उहाँले त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नु हुँदैन”, उहाँले भन्नु भयो, “मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि हामी एक ढिक्का छौं भन्नु भयो ।

त्यस्तै उहाँले दुई ठूला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित बजेट निर्माण गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित छ । हल्लाको पछाडि कोही लाग्नु पर्दैन ।”

प्रतिगमनकारीहरुले आन्दोलनका नाममा हिंसात्मक तथा संविधान विरोधी गतिविधि गरेकाले त्यसको सशक्त प्रतिकार गर्नु पर्नेमा प्रम वलीले जोड दिँदै अवाञ्छाति गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउन सरकार पछि नपर्ने बताउनु भयो ।

यसअघि अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसद्बाट पारित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरुको आशमा नभई आफैले गर्नतिर लाग्नुपर्ने उहाँको धारणा छ।

‘एमाले मिसन २०८४’ मार्फत बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरण हुन लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नु पर्ने र पार्टी दस्तवेजहरुको अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्ने तर्फ केन्द्रित भई मर्यादित, सुस्कृत एवं तथ्यमा आधारित भएर सदनमा प्रस्तुत हुन निर्देशन दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस