आज:  | Sat, 26, Apr, 2025

शिक्षक आन्दोलनबाट फर्किएको रात्रिबस् झापामा दुर्घटना,२२घाइते एकजना गम्भिर

१३ बैशाख २०८२, शनिबार ०८:४९ मा प्रकाशित ( ६ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


झापा -१३ वैशाख ।

झापाको शिवसताक्षीमा काठमाण्डौबाट शिक्षक आन्दोलन गरी फर्किएका बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

काठमाडौंबाट झापा आइरहेको प्रदेश १(०१००१(ख४२ नम्बरको रात्रिबस शनिबार बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका(९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्। घाइतेको उपचार विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बीएण्डसी हस्पिटलमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीले बताउनु भयो

चैत २० बाट काठमाडौंमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएका छन् ।प्रहरीका अनुसार शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको बताएको छ ।

बस आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। बसचालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनु भया। घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालयको टोली पुगेर घाइतेको उद्धार गरेको थियो।

बिस्तृत विबरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस