आज:  | Sat, 26, Apr, 2025

आज लोकतन्त्र दिवस मनाईँदै,जनभावना अनुसार कार्यन्वयन नहुदा नागरिकमा निरासा

११ बैशाख २०८२, बिहीबार ०७:०० मा प्रकाशित ( २ दिन अघि) १०८६ पटक पढिएको
नारी बाटिका


काठमाडौं- ११ वैशाख ।

प्रजातान्त्रिक संघर्षमा अमूल्य योगदान पुरयाएको स्मरणमा आज लोकतान्त्रिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशतालाई पराजय गरेको ०६३ वैशाख ११ गतेको दिनको स्मरण गर्दै लोकतन्त्र दिवस मनाउन लागिएको हो।

जुन दिन पूर्वराजा शाहले लोकतन्त्रको घोषणा गर्दै भनिएका थिए ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावना अनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको थियो ।’

जुन आशा र कल्पनामा नेपाली जनताले घर घरबाट डाडु,पन्यु र कुटो कोदालो बोकेर गरेको जनआन्दोलनको भावना अनुसार्र कार्यन्वयन नहुदा नागरिकमा भने निकै निरासा छाएको अवस्था छ ।

सोही समयमा निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी)सहितको सहभागितामा जनआन्दोलन भएको थियो । उक्त घोषणा मार्फत ०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो।

जनआन्दोलनले नै लोकतन्त्र स्थापना गर्न सफल भएको आज कै दिनपछी दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई संघीयतामा प्रवेश गराएको हो।

हाल देशमा सोही बमोजिम संघ, प्रदेश र स्थानीय गरी ३ तहको दुईपटक निर्वाचन भई अहिले मुलुक संघीयताको कानुन अनुसार चलिरहेको छ। नागरिकका लागी राज्यद्वारा उपलब्ध गराउनु पर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्‍याउने तथा विपद्का बेलामा तत्कालै राहत उपलब्ध गराउने प्रतिवद्धता गर्दै तिन तहका सरकारले प्रतिवद्धता पनि गरेका छन् ।

तर कार्यन्वयनको सन्दर्भमा संघीताको अभ्याससँगै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा भने आउन सकेको छैन।
२०६२। ०६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ साल वैशाख ११ देखी लोकतन्त्र दिवस मनाउन थालिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस