आज:  | Sat, 26, Apr, 2025

डोटीमा मिनी ट्रक दुर्घटना हुंदा तीन जनाको मृत्यु

१० बैशाख २०८२, बुधबार १४:१२ मा प्रकाशित ( ३ दिन अघि) १४२७ पटक पढिएको
नारी बाटिका


डोटी- १० वैशाख।

डोटीमा बुधबार भएको मिनीट्रक दुर्घटनामा परी तीन जनाको घटना स्थलमै मृत्यु भएको छ ।

डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भीमदत्त राजमार्गस्थितमा मिनीट्रक दुघर्टना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आज कैलालीको धनगढीबाट बझाङतर्फ खाद्यान्न र खुद्रा सामग्री बोकेर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको मिनीट्रक चालक बुंगल नगरपालिका–२ दहबगर बझाङका ३३ वर्षीय अर्जुन धामीको दुघर्टनामा परी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनु भयो ।

प्रहरी उपरीक्षक शर्माका अनुृसारखाद्यान्न र खुद्रा सामग्रीले लोड भएको उक्त ट्रकमा सवार अन्य दुई जना यात्रुको पनि घटनास्थलमै मृत्यु भएको छ । केही बेरअघिसम्म अनय दुइ मृतकहरुको पहिचान खुल्ल नसकेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस