आज:  | Sat, 26, Apr, 2025

भारतको काश्मिरमा आतंकवादी हमलामा परी एक नेपालीसहित २६ जना मारिए

१० बैशाख २०८२, बुधबार १३:५४ मा प्रकाशित ( ३ दिन अघि) ११४८ पटक पढिएको
नारी बाटिका


काठमाडौं १० वैशाख।

जम्मु काश्मिरमा भएको आतंकवादी हमलामा परी एक नेपालीसहित २६ जना भारतीय पर्यटकको मृत्यु भएको छ । साथै उक्त घटनामा मारिएका नेपालीको पहिचान समेत खुलेको छ।

हिजो )मंगलबार) भएको आतंकवादी हमलामा परी २६ जना पर्यटकले ज्यान गुमाएका थिए । सोही हमलामा एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो । परराष्ट्र मन्त्री आरजु राणा देउवाले काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन् ।

‘मन्त्री देउवाले सो खबरले निकै आफु मर्माहत भएको बताउनु भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ परराष्ट्र मन्त्री राणाले भन्नु भएको छ । साथै, सो आतङ्ककारी हमलामा परेर घाइते भएकी न्यौपानेको आमाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नु भएको छ ।

घुमघामका लागि त्यहाँ पुगेका पर्यटकमाथी, यस्तो क्रुर र अमानवीय कार्यको जति निन्दा गरे पनि नपुग्ने, ‘ भन्दै घटनाको चौतर्फी आलोचना भइरहेको छ ।नेपाल सरकार यो घटनाको निन्दा एवं भत्र्सना गर्दछ र यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको छ ।’ उनका अनुसार सो घटनाका बारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको मन्त्री राणाको भनाइ छ ।

उक्त घटनामा मृत्यु भएका सुदीप न्यौपानेको शव आज (बुधबार) नेपाल ल्याउने तयारी गरिएको बताइएको छ । शवलाई कश्मीरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस