आज:  | Wed, 23, Apr, 2025

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन,मिति तोक्न बैठक बस्दै

१० बैशाख २०८२, बुधबार ०७:१४ मा प्रकाशित ( ५ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं १० वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सारेर नयाँ मिति तोक्नको लागी निर्देशन दिनु भएको छ । मंगलबार बालुवाटारमा भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिनु भएको हो ।

यसअघि परीक्षा बोर्डले तोकिएको मिति वैशाख ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर निजामती कर्मचारीको संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड लागेको थियो । यद्यपि त्यसरी परिक्षा गरिँदा सरकारले राष्ट ्रसेवकबिचमा द्धण्द निम्त्यिाउन खोजेको भन्ने आरोप आन्दोलित शिक्षकहरुले लगायपछी उक्त मिति सारेर नयाँ मिति तोक्न बैठक बस्दै आज बैठक बस्दैछ ।

चैत २० देखी देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएपछी प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै परीक्षा सार्न निर्देशन दिनु भएको हो । सोही अनुसार बोर्ड बैठक बसेर परीक्षा सार्ने तयारी गरेको छ । सो का लागी केहीबेरमा परीक्षा बोर्डले सूचना जारी गरेर जानकारी गराउँदैछ ।

शिक्षकका सर्व सुविधाका लागी आन्दोलनको नेतृत्व गरिरहेका नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षालाई बहिस्कार गर्ने निर्णय गरेको थियो । परीक्षा बोर्डले वैशाख ११ गते देखी संन्चालन हुनेगरी कक्षा १२ को परीक्षा निरन्तरता दिन निर्णय गरे लगत्तै महासंघले सो परीक्षा बहिस्कार गर्ने निर्णय गरेकाले शिक्षकहरु नै आफुले पढाएका विद्यार्थी प्रति उत्तरदायी नभएपछी विद्यार्थीको भविश्य नै अन्यौलमा पर्ने अवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस