आज:  | Tue, 22, Apr, 2025

गभर्नर सिफारिस समितिका सदस्य भट्टराइले दिए राजीनामा

९ बैशाख २०८२, मंगलवार १७:५६ मा प्रकाशित ( १ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ वैशाख ।

नेपाल राष्ट्र बैङ्कका लागि गभर्नर छनोट थप पेचिलो बन्दै गएको छ । गभर्नर सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले असन्तुष्टि जनाउँदै आज राजीनामा दिएका हुन् ।

गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मन्त्रिपरिषद्को निर्णयले गठन गरेको सिफारिस समितिमा पूर्व गभर्नरका रूपमा भट्टराईसहित विश्व पौडेल सदस्यको जिम्मेवारीमा चुनिएका थिए ।

समिति गठनपछी एक महिनासम्म एउटा पनि बैठक बस्न नसकेकोमा पछुतो महसुश गरी उनले राजीनामा दिएको बताएका छन् । समितिको भूमिकालाई नजरअन्दाज गरिएको भन्दै उनले असन्तुष्टि समेत जाहेर गरेका थिए । सोही विषयलाई लिएर राजीनामा दिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस