आज:  | Sun, 20, Apr, 2025

तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न मेयर ढुंगानाको जोड

७ बैशाख २०८२, आईतवार २०:१८ मा प्रकाशित ( १ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


धादिङ ७ वैशाख।

नारी जागरण केन्द्रद्वारा समुह तथा वडा प्रतिनिधिहरुको लागी व्यवशायीक सचेतनना तालिम आजबाट सुरु भएको छ । घर तथा समाजमा हुने हिंसा निवारणको लागी महिला आफै सक्षम,सवल र आत्मनिर्भर बन्नको लागी व्यवशायिक सिप हुन जरुरी रहने भएकोले निलकण्ठ नगरपालिका अन्तर्रगतका वडाका किसानी महिला प्रतिनिधिहरु,समुहका प्रतिनिधिहरुको सहभागितामा तिन दिने तालिमको आयोजना गरिएको हो ।

निलकण्ठ नगरपालिकासंगको साँझेदारी र नारी विकास सहकारी संस्थाको व्यवस्थापन सहयोगमा आजबाट वैशाख ९ गतेसम्म ३५ जना,वैशाख १० देखी १२ गतेसम्म ३५ जना गरी ७० जनालाई व्यवशायिक सचेतना र यही वैशाख १८ खेखी २२ सम्म समितिका सदस्य,कर्मचारी र समुहका प्रतिनिधिहरु ३५ जनाका लागी सिप मुलक मादल बजाउने तालिमको आयोजना गरिएको को केन्द्रका कार्यकारी निदेशक भगवती उप्रेतीले जानकारी दिनु भयो ।

निलकण्ठ नगरपालिकाकाभित्रका किसानी महिलाहरुको क्षमता विकास गरी समुदायमा महिला हिंसा विरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतीक अधिकारका बारेमा सचेतना जगाउने उद्देश्यले सशक्तिकरण सम्बन्धी ३ दिने तालिम को जिल्ला सदरमुकाम मा आजबाट गरिएको हो।

केन्द्रकी अध्यक्ष तथा सम्रक्षक चित्रकुमारी भण्डारीको अध्यक्षता तथा निलकण्ठ नगर प्रमुख तथा नेपाल नगरपालिका महासंघका अध्यक्ष भिम प्र.डुंगानाको प्रमुख आतिथ्यमा तालिमको उद्ध्घाट गरिएको थियो । उद्ध्घाटन समारोहमा धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नि.न.पा.वडा न. ३ का पुर्व वडाध्यक्ष तथा प्र.सामुदायिक सेवा समितिका अध्यक्ष होमनाथ रिजाल,नगरपालिका महिला बालबालिका शाखाकी निरिक्षक निर्मला केसी,धादिङका क्रियासिल मिडियाको संन्चारकर्मीहरु,विभिन्न महिला समुहका अध्यक्ष तथा प्रतिनिधिहरु, संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई संवोधन गर्नु हुदै मेयर ढुंगानाले तालिममा सिकेका विषय र सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भएको छ । स्थानीय सरकार तथा गैरसरकारी संस्थाले यस्था जिवन उपयोगी सिप तथा सचेतना तालिम बेला बेलामा संन्चालन गर्दा तालिमका सहभागीहरुले तालिम लिने र व्यवहारमा भने लागु नगर्ने प्रवृर्ति देखिएकोले आफुले पाएका ज्ञान र सिपलाई आफुनो घरमा लागु गर्न सके त्यसले आर्थिक उन्नती,प्रगति र जिवनमा सकारात्मक परिवर्तन आउने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले कार्यक्रमको शुभकामना दिनु हुंदै तालिममा सहभागी हुनु र बुझेर आफुनो व्यवहारमा उतार्न सक्नुमा फरक कुरा हो भन्नु भयो । उहाँले तालिममा पाएका उपयुक्त ज्ञान र सिपलाई घर परिवार तथा समाजमा लागु गर्न सके त्यस घरमा असल शिक्षा हुने र बालबालिकाले आफुना अभिभावकबाट असल कुराहरु सिक्ने बताउनु भयो ।

तालिममा निलकण्ठ नगरपालिकाका पशु विकास शाखाका अधिकृत कासी राज रेग्मी,सुवास खतिवडा र राजेश कोईराले व्यवशायिक बाख्रापालन सम्वन्धि,जिल्ला प्रहरी कार्यलयका प्रमुख एव्ं प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले साईबर क्राइम सम्वन्धि,मनोसामाजिक प्रशिक्षक रामकुमार थापाले मनोसामाजिक र केन्द्रका कार्यकारी निदेशक भगवती उप्रेतीले घरेलु तथा लैंगिक हिंसा विरुद्धको विषयमा सहजीकरण गर्नु हुनेछ ।

त्यस्तै सिपमुलक तथा मानसिक तनाव व्यवस्थापनको लागी मादल बजाउने तालिमको सहजकर्ता भने सम्वन्धित वाध्यवादन क्षेत्रका प्रशिक्षक जिल्ला बाहिरबाट ल्याईने भएको आयोजक संस्था केन्द्रले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस