आज:  | Sun, 20, Apr, 2025

सवारी दुर्घटनामा दुईको मृत्यु, १४ जना घाइते

७ बैशाख २०८२, आईतवार १६:२० मा प्रकाशित ( १ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


दमौली- ७ वैशाख ।

डुम्रे–बेँसीसहर खण्ड अन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । साथै १४ जना घाइते भएका छन् ।

डुम्रेबाट लमजुङतर्फ आउँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किएर माइक्रोमा सवार एक र स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी छ। माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनु भयो ।।

उपरिक्षक थापाका अनुसार गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस