आज:  | Sun, 20, Apr, 2025

आज राप्रपाले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने काठमाडौँ ७ वैशाख ।

७ बैशाख २०८२, आईतवार ०६:४१ मा प्रकाशित ( १0 घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


राष्ट्रिय प्रजातन्त्र पार्टीले आज वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। राप्रपाको वैशाख ४ गते बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ

गत चैत १५ मा राप्रपाले गरेको हिंसात्मक आन्दोलनमा २ जनाको ज्यान गएको थियो भने करोडौं भौतिक सम्पत्तिको क्षति भएको थियो । सो घटनापछी राप्रका केही नेताहरु प्रहरी हिरासतमा छन् । संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको लागी आज राप्रपाले सरकारले निषेधित तोकेको क्षेत्रमा प्रवेश गर्न लागेको हो ।

वैशाख ४ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । अध्यक्ष लिङदेनका अनुसार वैशाख ९ गते पनि ७७ वटै जिल्लामा विरोध सभा गरिने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस