आज:  | Sat, 19, Apr, 2025

शिक्षक आन्दोलनप्रति नेतृ रामकुमारीको झाक्रीको टिप्पणी, रमिता बढी भयो

६ बैशाख २०८२, शनिबार १९:४८ मा प्रकाशित ( २ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -५ वैशाख ।

विगत १७ दिनदेखी देशभरका बालबालिको भविश्यलाई अन्यौल पारेर सरकारी स्कुलमा कार्यरत अधिकाँश शिक्षकहरु आन्दोलमा होमिई रहँदा हाल आएर उक्त आन्दोलन आलोचित बन्न थालेको छ । विद्यार्थीका हितमा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको टिप्पणी गरेकी छिन्।

नेतृ झाँत्रीले शनिबार बिहान आफ्नो सामाजिक सञ्जालमा लेख्दै ‘सडकबाट ऐन पास हुने हो ?’ भनी शिक्षकहरूलाई प्रश्न गरेकी छिन्।

उहाँले विधेयक पास गर्ने पनि निश्चित विधि र प्रक्रिया भएको स्मरण गराउँदै कसैसँग पनि वार्ता नगर्ने र सडकबाटै ऐन माग्ने शिक्षकहरूको प्रवृत्ति सही नभएको टिप्पणी गरेकी छिन्। ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन?

त्यस्तै के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गरिदिनुहुने रहेछ ?’ उहाँले प्रश्न गरेकी छिन्।उहाँ निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेको भन्दै सरकारी विद्यालयहरुको रिजल्ट शून्य रहेको चिन्ता व्यक्त गरेकी छिन्।

‘राज्यको तलब खाएका शिक्षक कर्मचारीले ?’ प्रभावशाली नेतृ झाक्रीले भर्नाको वेला विद्यालय बन्द गरेर लाखौ विद्यार्थीको भविष्य अन्योल बनाउन मिल्छ ः’ उहाँको प्रश्न रहेको छ।

हुन पनि निजि विद्यालयमा मेहनतका साथ पढाएने शिक्षकहरुले सरकारी शिक्षकले प्राप्त गर्ने सेवा सुविधामा ४ भागको एक भाग सरह प्राप्त गर्दछन् । तैपनि पढाई,सिकाई , अनुसाशन र उतिर्ण दरलाई हेर्ने हो भने निजि विद्यालयमा अध्ययन गर्ने बालबालिकाको रिजल्टको दर उच्च रहन्छ । तर सरकारी स्कुलमा बावु आमा पढाउने र उनीहरु कै छोरा छोरी भने निजि विद्यालयमा पढाउने ?

साथै शिक्षकहरुले गरेका पछिल्लो आन्दोलन विद्यार्थीका हितका लागी नभई शिक्षक कै सेवा सुविधा र सहजताका लागी माग राखेका पाइन्छ । तर आन्दोलनरत शिक्षक कै विद्यालयको उतिर्ण दरलाई हेर्ने हो भने निजि विद्यालयको तुलनामा निकै न्युन विद्यार्थी पास भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस