आज:  | Sat, 19, Apr, 2025

सवारी दुर्घटनामा चार जनाको मृत्यु

५ बैशाख २०८२, शुक्रबार १३:०२ मा प्रकाशित ( १ दिन अघि) २१०९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ चैत ।

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

सुनसरी, दुहबी नगरपालिका(३ मा पर्ने सडक खण्डमा .३९ प ९१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते माझीको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी मकवानपुरगढी गाउँपालिका(२ धरमपानीस्थित सडकमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१.००६ ख ७०७२ नम्बरको ईभि गाडी सडक भन्दा करिब २ सय मिटर तल खसेर गए राति दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा सर्लाही बागमती नगरपालिका(७ बस्ने १३ वर्षीया मानुसी मगरको घटनास्थलमै मृत्यु भएको हो । साथै गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया निलम देवी राउतको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सोही दुर्घटनामा घाइते भएका गाडीमा सवार ४ जनाको हेटौंडा अस्पतालमा र ९ जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै सर्लाही, कविलासी नगरपालिका(७ गैर चोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय इन्द्रजित महराको मृत्यु भएको छ।

मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते महराको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

यी सबै घटनामा प्रहरीले अनुसन्धान र हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस