आज:  | Sat, 19, Apr, 2025

दोस्रो अग्लो शिखर कञ्चनजंघा हिमालमा आजदेखी तीनदिने हीरक महोत्सव हुंदै

५ बैशाख २०८२, शुक्रबार ०७:०२ मा प्रकाशित ( १ दिन अघि) १५२० पटक पढिएको
नारी बाटिका


तस्वीर स्रोत : फेसबुक संन्जाल

ताप्लेजुङ- ५ वैशाख ।

आजदेखी ताप्लेजुङ जिल्लामा पर्ने ​कञ्चनजंघा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ‘कञ्चनजंघा हिरक महोत्सव(२०८२’ हुँदैछ। कञ्चनजंघा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन समृद्धिको आधार’ भन्ने नारासहित महोत्वस आयोजना हुन लागेको हो।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुने महोत्सव शुक्रबारदेखि आइतबार (५ देखि ७ गते (३ दिन )सम्म सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन आज हुंदैछ ।

तीनदिने महोत्सव अवधिभर कञ्चनजंघा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनी लगायत विविध कार्यक्रमहरु हुनेछन्।

परिषद्का कार्यालयले जनाए अनुसार महोत्सवमा ताप्लेजुङका छ जना कञ्चनजंघा आरोहीलाई सम्मान गरिने भएको छ। सम्मानित हुनेमा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्यावु शेर्पा र लाक्पा शेर्पा रहेका छन्। ‘

कञ्चनजंघा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर हिमालका रुपमा लिईन्छ। सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्याण्डले कञ्चनजंघाको दक्षिणी मोहोडाबाट पहिलो पटक सफल आरोहण गरेका थिए।

त्यसपछी सन् १९०५ देखि नै कञ्चनजंघाको आरोहण प्रयास हुँदै आएको छ । तर पहिलो सफल आरोहण भने १९५५ मा भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस