आज:  | Sat, 19, Apr, 2025

सामुहिक बलात्कार हुनबाट बचेकी महिलाको मृत्यु प्रकरणमा गृहमन्त्रीको चासो

३ बैशाख २०८२, बुधबार १६:२२ मा प्रकाशित ( २ दिन अघि) १९८५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ चैत।

सिराहाको नरहा गाउँपालिकाकी आनन्दीदेवी सदायको मृत्युपछि सार्वजनिक चर्चाको घटनामा गृहमन्त्री रमेश लेखकले चासो देखाउँनु भएको छ ।उहाँले सो घटनामा छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिनु भएको हो।

आफुमाथी पटक पटक बलात्कार गर्ने प्रयास हुंदा पनि सो घटनाबाट उम्किएकी आनन्दीदेवीलाई मंगलबार नवराजपुर गाउँपालिका–३, दोनबारी टोलस्थित माइतिघरमा झुन्डिएको अवस्थामा फेला पारिएको हो ।

उनीमाथि पुस ९ गते दुई युवाले बलात्कार गर्ने प्रयास गरेका थिए । त्यसपछी उनले न्यायको लागी प्रहरीमा किटानी जाहेरी पनि दिएकी थिइन्।
तर, प्रहरीले जाहेरी दर्ता गर्न आलाटाल गरेको, र अहिलेसम्म आरोपितहरू फरार रहेको पाइएको छ।

स्रोतका अनुसार उनीहरू भारततर्फ भागेको आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालयले भने जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको दावी गरेको छ,। यस घटनामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस